सूचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक’ आजबाट सुरु, यस्ता छन् आकर्षण 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 27, 2017 | 01:25:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सूचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक’ आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । क्यान महासंघको आयोजनामा सुरु भएको  ६ दिने मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता छ ।

मेलाको उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरेका हुन्। उद्घाटन सत्रमा  महराले सूचना प्रबिधि क्षेत्रको बिकासको लागि सरकार लागि पर्ने बताउदै अव नेपाललाई इ नेपाल बनाउने उद्घोष गरे । 

मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउने तथा अवलोकनकर्ताहरुले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् ।

 
 २३ औं संस्करणको यस क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु रहेको तथा एशोसिएट प्रायोजक सामसुङ रहेको छ भने यस संस्करणको अफिसियल नाम   “सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” रहेको छ।   प्लाटिनम स्पोन्सर–मर्कन्टाईल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– हुवावे र ओप्पो मोबाईल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, एम.आई. स्मार्ट फोन र लेनोभो रहेका छन् भने प्रीन्ट स्पोन्सर– खल्ती रहेको छ  ।

अफिसियलहरुमा बैंक– सन्राइज बैंक, टेलिभिजन– माउन्टेन टेलिभिजन, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, नेपाली आईटी म्यागेजिन– लिभिङ्ग वीथ आई.सी.टी., सि.सि.टि.भि.– ग्याजेड्स एण्ड गिजमोस ट्रेडर्स, वेव न्युज– हाम्राकुरा डटकम, एस.एम.एस.मा– स्प्यारो एस.एम.एस. र क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् । 

 मेलामा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहने छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु छन् ।   प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् ।  

मेला अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीहरुलाई रु ५०  तोकिएको छ । अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था  छ ।   आयोजकले माघ १६ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरेको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि रु १००  तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्ने छन् । मेलाको ४ लाख भन्दा बढीले अबलोकन गर्ने अपेक्षा आयोजकको छ ।  

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना गर्दै आएको क्यान आई.सी.टी कन्फेरेन्स   माघ १६ र १७ गते सोल्टी क्राउन प्लाजा, काठमाण्डौंमा हुने क्यान महासचिव बिश्वराम बलामीले बताए। 

के के छन् आकर्षण ?

मेलाको शिर्ष प्रायोजक सुविसुले आफ्नो ग्राहकहरुलाई थप नबिन्तम तथा अत्यन्त उच्च कोटिका सेवाहरु जस्तै – Digital TV सेवा र Broadband Internet सेवा सम्बन्धी जानकारी प्रदान गर्ने छ भने एशोसिएट प्रायोजक सामसुङले नेपालका लागि special feature र design भएको विभिन्न फोनहरु प्रदशन गर्ने छ र मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले C9 Pro र A7-2017   मोडलका फोनहरु अनुभव गर्न सक्ने छन् । त्यस्तै डायमण्ड स्पोन्सर नेपाल टेलिकमले मोबाइल प्रविधिको नयाँ 4G पनि यस प्रदर्शनीमा प्रदर्शन गरेको छ ।

 टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आएका छन्। बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध छन् ।

नेपाल सरकारले देशको प्रमुख शहरहरुमा अनिवार्य रुपमा Digital TV Transmission प्रणालीलाई लानु पर्ने लक्ष्य लिए अनुरुप सो सम्बन्धि जानकारी समेत मेलामा उपलब्ध छ ।

विश्व विख्यात Android Mobile (Smart Phone) का नर्या प्रविधिहरु यस प्रदशनीका प्रमुख आकर्षण हुन् । नेपाल सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभुत पूर्वाधार सम्बन्धि जानकारी यस प्रदर्शनीमा उपलब्ध हुने छ भने सूचना तथा सञ्चार प्रविधि को ठूलो चुनौतीको रूपमा रहेको cyber crime यसको रोकथाम सम्बन्धित जानकारी यस प्रदर्शनीमा उपलब्ध  छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved