हिमालय एयरलाइन्सको दैनिक उडान अब दुबईमा,राउण्ड ट्रिपको टिकटदर २४ हजार ८ सय २७ रुपैयाँ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 28, 2017 | 04:52:42 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय एयरलाइन्सले आजदेखि काठमाडौँ-दुबई-काठमाडौँ प्रत्यक्ष उडान थालेको छ। दोहा, क्वालालम्पुरर याङगुनको नियमित उडान पछि  हिमालयले दुबई उडान थालेको हो। 

दैनिक सेवाको सुरुवातसँगै हिमालय एअरलाईन्सले तीन वटा एअरबसमध्ये एउटा यस मार्गमा संचालन हुने जनाएको छ। जसमा ८ वटा विजनेस क्लास र १ सय ५० वटा इकोनोमी क्लासका सिट हुने छन। यस एअरलाइन्सको उडान नम्बर H9557 को विमान काठमाडौँबाट १० बजेर ४० मिनेट जाँदा प्रस्थान गरी दुबईमा १ बजेर २५ मिनेट जाँदा अवतरण गरेको छ। 

त्यसैगरी उडान नम्बर H9 558 दुबईबाट २ः २५ बजे प्रस्थान गरी काठमाडौँमा ८ः २० मा आवतरण हुने छ। अहिलेसम्म नियमित उडान तालिकाको अभिलेखनुसार एयरलाइन्सको उडान तालिका औसत उचाई माथि छ। त्यही स्तरको विश्वसनीयता र नियमिततालाई निरन्तरता दिने उद्देश्य राखिएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठ बताउँछन्। ‘हामी आशावादी छौँ हाम्रो नयाँ उडान क्षेत्र मार्फत नयाँ यात्रुहरु आगमन भई नेपालको अर्थव्यवस्थामा योगदान पुयाउनुका साथै एकै समयमा दुबै आगमन र बहीगर्मन यात्राको लागि राम्रो बजार हुनेछ’ उनले भने।  


उक्त एयरलाइन्सले काठमाडौ–दुबई–काठमाडौं राउण्ड ट्रिपको सुरुआती टिकटदर २४ हजार ८ सय २७ र दुबई–काठमाडौं–दुबईको लागि सुरुआती टिकटदर एइडी ५० कायम गरेको छ। यस दरमा सरकारी कर समावेश गरिएको छैन। एयरलाईन्सले फिस्टल ट्राभल एण्ड टुरिजम (एलएलसी) दुबईलाई युनाइटेड अरव अफ इमिरेट्सको लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको छ। जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्नेछ। 

नेपाल-चीनको संयूक्त लगानीमा सञ्चालित हिमालय एयरलाईन्स तीव्र गतिमा विकास भईरहेको निजी कम्पनी हो। हाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुर र म्यानमारको याङगुनमा नियमित सिधा उडान गरिरहेको छ भने आजदेखि दुबईमा पनि सिधा उडान सुरु गरेको छ। 

आगामी केही महिनाभित्र दमाम, हङकङ्ग र बैङकक उडान सुरु गर्ने कम्पनीको योजना छ। त्यसपछि एअरलाईन्सले चाईनाको बेइजिङ्ग र चेन्दुलाई आफ्नो थप गन्तव्य बनाउने योजना कायम राख्दै ल्यासा र गन्जाओ जस्तै अन्य शहरहरुमा आफ्नो थप सेवा विस्तार गर्नेछ। यस एअरलाईन्स्सँग हाल एअरबस A-320-214  सिरिजका साना आकारका तीनवटा जहाजहरु रहेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved