एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालीले आइफोनको मूल्यमा कटौती गरेको घोषणा गरेको छ । लामो समयदेखि आइफोन किन्ने चाहना राखिरहेका उपभोक्ताहरुले अब उत्कृष्ट मूल्यमा आइफोन किन्न सक्ने जेनरेशन नेक्स्ट कम्यूनिकेसनले जनाएको छ। आइफोन सिक्स एस ३२ जीबी गोल्ड, रोज गोल्ड, अथवा स्पेस ग्रेको मूल्य रु.७२,८०० र आइप्याड प्रो ९.७ स्मार्ट की बोर्डसहितको मूल्य रु.१७,५०० तोकिएको कम्पनीले जनाएको छ। त्यस्तै सबै आइफोनहरु विशेष अफरमा समेत उपलब्ध हुने जनाइएको छ।
यसै गरि आइफोन सेभेन तथा सेभेन प्लसमा १ जीबी एनसेल डाटा प्रति महिना ६ महिनासम्म, एउटा ब्याक कभर, टेम्पर ग्लासका साथसाथै मासिक किस्ताबन्दीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले आग्रह गरेको छ।
कम्पनीले दिएको जानकारी अनुसार आधिकारिक डिलरहरु ओलीज, फ्यूचर वल्र्ड, एपेक्स, क्वालिटी कम्प्यूटर (बिर्तामोड, झापा), कम्प्यूटर सेल्स सेन्टर(बुटवल, रुपन्देही), हिमालयन अफीस अटोमेसन(पोखरा, कास्की) रहेका छन। आधिकारीक डिलरबाट खरिद गर्दा जेननेक्स्टको होलोग्राम बक्समा रहे नरहेको यकिन गर्न कम्पनीले ग्राहकलाई अनुरोध गरेको छ।
हेर्नुस नयाँ मूल्य ।