एनसेलले काभ्रे र काठमाडौँ उपत्यकाबाट सुरु गर्यो फोरजी सेवा, यस्ता छन् सुरुवाती अफर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 01, 2017 | 06:02:15 PM मा प्रकाशित

laxmi  sunrise bank

निजि क्षेत्रको दुर संचार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा सुरु गरेको छ । कम्पनीले  आज बिहिबारबाट काठमाडौं उपत्यका ,  नगरकोट, बनेपा र धुलिखेलमा एकैपटक फोरजी सेवा सुरु गरेको हो ।

 फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले  फोरजी सेवा लिन सक्ने ऐंसेलले जनाएको छ । प्रविधि तटस्थताको अनुमति अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएको होे ।

एनसेलले आगामी ७ महिना सम्ममा  कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउने लक्ष्य लिएको छ । यसका लागि कम्पनीले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजनासहित नेटवर्क परीक्षण गरिरहेको छ ।

ऐंनसेलले सेवा सुरु गरेको अवसरमा  ग्राहकलाई ३ दिन समयावधि रहेको १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गरेको छ। त्यस्तै ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिकएपमा फोरजी सेवा लिएको ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न सक्नेछन् ।

हाल एनसेलले १ करोड ५० लाखभन्दा बढि ग्राहकलाई मोबाइल सेवा र ६० लाखभन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गर्दै आएको जनाएको छ । नेपाल टेलिकमले यस अघि नै फोरजी सेवा सुरु गरिसकेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved