गुगल ‘एन्ड्रोइड ओ’ सार्वजनिक, 'पिक्चर इन पिक्चर' सहित बिशेष सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2017 | 07:27:41 PM मा प्रकाशित

laxmi  sunrise bank

गुगलले आफ्नो नयाँ अपरेटिङ सिस्टम ‘एन्ड्रोइड ओ’ सार्वजनीक गरेको छ। कम्पनीले बिगतको उदाहरण झैँ यस अपरेटिङ सिस्टमको नाम पनि खानेकुराबाटै जुराएको छ। 

गुगलले ‘एन्ड्रोइड ओ’ को नाम 'ओरियो' राखेको छ। यो अपरेटिङ सिस्टम नेक्सस ५ एक्स, नेक्सस ६ पी, नेक्सस प्लेयर, गुगल पिक्सेल, गुगल पिक्सेल एक्स्ट्रा लार्ज र गुगल पिक्सेल सी मोडलका लागि उपलब्ध हुनेछ।

‘एन्ड्रोइड ओ’ मा रोचक सुविधा रहेको गुगलको दाबी छ। यसमा रहेका बिशेष सुविधा मध्ये एक हो, 'पिक्चर इन पिक्चर'। यसबाट स्मार्टफोनमा कुनै भिडियो हेर्दा हेर्दै अरु काम गर्न सकिनेछ। यसमा ब्याट्रिको क्षमता बढाईएको छ भने ब्लुटुथ अडियो सिस्टममा पनि सुधार गरिएको छ। यो सिस्टम रोलआउट हुन केही समय लाग्ने कम्पनीले जानकारी दिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved