फेसबुक डाउन हुँदा लाखौँ प्रयोगकर्ताद्वारा चिन्ता व्यक्त, बिश्वका ५ देशमा लगइनको समस्या

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 26, 2017 | 07:19:54 PM मा प्रकाशित

laxmi  sunrise bank

के तपाईले फेसबुक चलाउँदा समस्या भोग्नु भएको छ ? यदी यस्तो हो भने तपाई नआत्तिनुहोस, फेसबुक र इन्स्टाग्राममा समस्या भोग्ने तपाई मात्र हुनुहुन्न, बिश्वका लाखौँ प्रयोगकर्ताले केहि दिन यता समस्या भोग्दै आएका छन। 

धेरै सोसियल मिडिया प्रयोगकर्ताहरुले सहजै फेसबुक लग इन नभएको र आ-आफ्नो वेबसाइट फेसबुकमा जडान नभएकोमा आलोचना गरेका छन। डाउन डीडेकटरले हजारौं फेसबुक प्रयोगकर्ताहरुले शनिबार बिहानदेखि सहजै फेसबुक लग इन गर्न नसकेको रिपोर्ट सार्वजनिक गरेको छ। कुल प्रयोगकर्ता मध्ये ४४ प्रतिशत प्रयोगकर्ताले आफुहरु पूर्णरुपमा फेसबुक लगइन गर्न बन्चित भएको बिचार व्यक्त गरेका छन भने ३८ प्रतिशतले आंशिक रुपमा समस्या भोगेका छन। 

करिब आठ हजार इन्स्टाग्राम प्रयोगकर्ताले डाउन डीडेकटरलाई रिपोर्ट गरेअनुसार ४४ प्रतिशतले न्युज फिडमा समस्या भोगे भने २८ प्रतिशतले लग इन समस्या झेल्नु पर्यो। 

फेसबुक डाउन भएको बारे फेसबुकले आफ्नो औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। तर ट्वीटरमा फेसबुक डाउन ट्रेन्डीङ भए पश्चात फेसबुक प्रयोगकर्ताले चिन्ता व्यक्त गर्न थालेका छन।

केहि प्रयोगकर्ताले फेसबुक लग इन गर्न सक्ने भएपनि उनीहरुले केहि पेज लोड गर्न, तस्विर सेयर गर्न, स्टाटसमा लाइक र कमेन्ट गर्न तथा मेसेज पठाउन समस्या भोगिरहेका छन्।       

प्राविधिक समस्याका कारण फेसबुक डेस्कटप र मोबाइल अप्लिकेशनमा समस्या आएको बताइएको छ। युरोप, अमेरिका, ब्राजिल, अष्ट्रेलिया, नेपाल, भारत लगायत विश्वका अधिकांश प्रयोगकर्ताले लगइनको समस्या भोगेको डाउन डीडेकटरको रिपोर्टमा उल्लेख छ।  

केहि देशका प्रयोगकर्ताहरुलाई भने फेसबुकले मेन्टेनेन्सका लागि फेसबुक डाउन भएको र केहि समयमै फेसबुकको समस्या समाधान हुने आशयका संदेश प्राप्त गरेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved