गुगलले वास्ता नगर्दा नेपालमा गुगलका एप्लिकेशनहरु ढिलो खुल्न थाल्यो, पिक आवरमा थप समस्या

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2017 | 10:27:43 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले विगत केही हप्ता देखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको सम्बन्धि आएका गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।


गुगल ले विगत ४ बर्ष देखि आफ्नो एप्लिकेसन्स (जस्तै जिमेल र यूट्युब को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखी रहेको तर हाल गुगलले अब नेपालको आई एस पि कम्पनीहरु सँग अलग भएर  नेपालमा आफ्नै नयाँ सरभर राख्ने तयारी गरेकोले ति वेबसाइटहरु ढिलो खुलेको   आइस्पानले प्रष्ट पारेको छ ।


गुगलको यस निर्णयको कारणले विगत ४ वर्ष देखि यहाँका कम्पनीहरुमा राखि रहेको सरभर लाई विगत केही महिना देखि  गुगल ले स्तरउन्नोति नगरेको कारणले बढी प्रयोग हुने  समय (वेलुका) मा सरभरहरुको क्षमता अपुग भई रहेको आइस्पानले जनाएको छ ।


इनटरनेट सेवा प्रदायक कम्पनीहरुले गुगललाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि गुगल सर्भर स्तरउन्नोति नगरेको र अर्काे तर्फ गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरी रहेकोले थप समस्या भएको हो  । गुगलले आफनो सरभरको स्तरउन्नोति  नगरेसम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगलका एप्लिकेसन्स  जिमेल , यूट्युब आदि  ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved