अपडेट: रामेछाप बस दुर्घटनामा २ जनाको मृत्यु, १५ गम्भीर घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 07:06:56 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौबाट रामेछाप गुराँसेको लागि जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बिहिबार साँझ करिब १० बजेतिर भएको बा २ ख ७२४२ नम्बरको अरनिको यातायातको सुपर बस दोरम्बा गाउँपालिकाको वडा न ६ स्थित लखनपुर बरको बोट घुम्तीमा दुर्घटना भएको हो। 

स्वास्थ्यकर्मी लगायत करिब २२ यात्रू सवार बस मुख्य सडकबाट करिब चार सय मिटर तल खस्दा १८ जना गम्भीर घाइते भएका थिए। घाइते मध्ये दुई जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। 

दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको ज्यान गएको रामेछापका डीएसपी सन्तोषकुमार भट्टराईले पुष्टि गरेका छन। स्वास्थ्य शिविर सञ्चालनका लागि आएका चिकित्सकको टोली चढेको बताइए पनि घाइतेहरुको विवरण नखुलेको डीएसपी भट्टराईले जानकारी दिए। प्रहरीका अनुसार, बसका चालक र सहचालक बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको डीएसपी भट्टराईले बताए ।

घाइतेहरुको उपचारको लागि हेलिकप्टरको माग गरीएपनि रातिको समय भन्दै उपलब्ध हुन नसकेपछि एउटा बसमा हालेर घाइतेहरुलाई धुलिखेल अस्पताल लगिएको दोरम्बा गाउँपालिका वडा ६ का अध्यक्ष अम्बिका प्रसाद गजुरेलले बिजपाटीलाई बताएका छन। घटना स्थलबाट अस्पताल पुग्न ५ घण्टा लाग्छ। गम्भिर घाइते भएका १८ जनामध्ये अन्य ४ जनाको अवस्था चिन्ताजनक रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved