कार्कीको कार्यकाल बाँकि छदै धितोपत्र बोर्डको अध्यक्ष बन्न दौडधुप सुरु, को को छन् दावेदार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 01:07:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीको कार्यकाल सकिन लागेको छ । ७२ साल कार्तिक १ गते कार्यभार सम्हालेका डा. कार्की ४ बर्षे कार्यकाल पुरा गरेर आगामी असोज अन्तिम साता विदा हुदै छन् । डा. कार्कीको कार्यकाल सकिन लाग्दा नयाँ अध्यक्षको लागि दौडधुप सुरु भएको छ ।

बोर्डको अध्यक्षको नियुक्ति राजनितिक भएकोले दाबेदारहरु लबिंङमा जुटेका छन् । बोर्डको अध्यक्ष बन्नको लागि बोर्ड कै उच्च तहका कर्मचारी, राष्ट्र बैंकबाट भर्खरै अवकाश प्राप्त कार्यकारी निर्देशकदेखि सीएहरुले समेत इच्छा देखाएको स्रोतको दाबी छ। स्रोतका अनुसार अध्यक्षको लागि बोर्ड कै कार्यकारी निर्देशक द्वय परिष्टनाथ पौड्याल र निरज गिरिको आवेदन पर्ने सम्भावना छ । यस अघि कार्की अध्यक्ष नियुक्त हुँदा पनि गिरि अन्तिम ३ को सिफारिसमा परेका थिए ।

हाल कार्यान्वयमा आएको आस्वा प्रणाली ल्याउन मूख्य भूमिका खेलेका पौडयालाई दोबदारको रुपमा हेरिएको स्रोतको भनाई छ । त्यस्तै हाल चर्चामा रहेको आईपिओमा बुक बिल्डिङ विधि ल्याउने प्रस्ताव समेत पौड्याल कै भएको बताइएको छ । यस विषयमा उनको नेतृत्वको टोलिले बंगलादेश गएर अध्ययन समेत गरेको थियो । 

राजनीतिक नियुक्ति भएकोले बोर्ड भित्र भन्दा बोर्ड बाहिरका व्यक्ति अध्यक्ष बन्ने  सम्भावना रहेको स्रोत बताउछ । बोर्ड बाहिरबाट वासुदेव अधिकारी, महेश गुरागाई, टंक पनेरु, भिष्मराज ढुंगाना, प्रकाश लम्साल, निल बहादुर सारुमगर र भिष्म चालिसे लगायतले लबिंङ सुरु गरिसकेको स्रोत बताउछ ।

गुरागाई हाल पुनर्बिमा कम्पनीका अध्यक्ष हुन भने यस अघि चार्टर्ड एकाउन्टेन्ट संस्था आईक्यानका पुर्व अध्यक्ष हुन् । ढुंगाना हालै मात्र राष्ट्र बैंकका अवकाश पाएका कार्यकारी निर्देशक हुन् । त्यस्तै अधिकारी नेपाल बैंकका बहालवाला अध्यक्ष हुन् भने पनेरु सिए हुन् । पनेरु नेप्सेको अध्यक्ष भईसकेका व्यक्ति हुन् । निर सारु मगर  र प्रकाश लम्साल बोर्डको संचालक समितिका पुर्व सदस्य हुन्। भिष्म चालिसे सिभिल क्यापिटलका पुर्व सीइओ हुन् । 

त्यस्तै बोर्ड कै उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले यस अघि ३ पटकसम्म अध्यक्ष पदको लागि आवेदन दिईसकेका छन् । ३ पटक प्रयास गरिसकेका उनी यस पटक आवेदन नदिने मनस्थितिमा रहेको स्रोत बताउछ । 

अध्यक्ष कार्कीको कार्यकाल सकिएपछि अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष चयनको लागि एक समिति गठन गर्ने छ । समितिले खुला विज्ञापन आह्वान गरेर नियुक्तिको लागि ३ जनालाई मन्त्रिपरिषदमा सिफारिस गर्ने छ । ३ जना मध्येबाट मन्त्रिपरिषदले एक जनालाई नियुक्त गर्ने छ । यद्यपि राजनीतिक नियुक्त भएकोले अन्तिम अवस्थासम्म केहि भन्न नसकिने जानकार बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved