अपि पावरको हकप्रद बिक्रि खुला, लाभांश वितरण कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2020 | 09:37:44 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनी Api Power Company  को हकप्रद आजदेखि बिक्रि खुला भएको  छ। कम्पनीले १०० बराबर ४७.६० कित्ता सेयरको  अनुपात अर्थात् ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्रि खुला गरेको हो।

हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार हकप्रदमा मङ्सिर ४ गतेसम्म आवेदन दिन सकिने छ। 

कम्पनीले  दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको लागि लगानी जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो  । कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत सात अर्ब ४० करोड रहेको छ ।

आयोजनामा बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब १८ करोड लगानी गर्ने छन् भने रु दुई अर्ब २२ करोड भने प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ । सो रकम जुटाउन कम्पनीले विभिन्न चरणमा  हकप्रद निष्काशन गर्ने छ । 

आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्न सम्झौता गरिसकेका छन् ।  

त्यस्तै कम्पनीले हकप्रदपछि मात्र लाभांश बितरण गर्ने जनाएको छ । हकप्रद निष्काशन अगाडी नै लाभांश वितरण गर्दा चुक्ता पुँजी बढेर हकप्रद समीकरण बिग्रने भन्दै कम्पनीले हकप्रदपछि मात्र लाभांश वितरण गर्ने जनाएको छ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने छ। तर त्यो भन्दा अगाडी कम्पनीले २०७५ असार मसान्तसम्म कायम चुक्ता पुँजी ११३.४० करोडको १:०.४७ को अनुपातमा ५६.७० करोड बराबरको हकप्रद निष्काशन गर्न लागेको हो। त्यस्तै कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट दोहोरो अंकको लाभांश वितरण गर्न सक्ने प्रक्षेपण गरेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved