बिमा समितिले सबै बिमा कम्पनीहरुलाई ३ महिना भित्र क्यापिटल प्लान सार्बजनिक गर्न निर्देशन दिएको छ । सबै बिमा कम्पनी हरुको चुक्ता पुंजी बढाउने निर्णय गरेको समितिले ३ महिना भित्र पुंजी वृद्धि योजना सहितको क्यापिटल प्लान सार्बजनिक गर्न निर्देशन दिएको हो ।
बिमा समितिले गत शुक्रबारदेखि लागु हुने गरि जीवन बिमा कम्पनीहरुले चुक्ता पुंजी २ अर्ब तथा निर्जीवन कम्पनीहरुले चुक्ता पुंजी १ अर्ब पुर्याउने निर्णय गरेको थियो । कम्पनीहरुले आर्थिक बर्ष ०७४/०७५ को अन्त्यसम्ममा यो पुंजी पुर्याई सक्नु पर्ने छ ।
कमपनीहरुले हकप्रद, बोनस तथा मर्जमा गएर उक्त चुक्ता पुंजी पुर्याउन सक्ने छन् ।