आधा घण्टा पनि नपुग्दै नेप्सेमा दोस्रो सर्किट ब्रेक, हेर्नुस कसले धेरै कमाए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 03, 2017 | 11:31:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारको कारोबार सुरु भएको आधा घण्टा पनि नबित्दै नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेको छ । जार खुलेको १२ मिनेट मै बजार ३ प्रतिशतले बढेपछि ११ बजेर १२ मिनेटमा पहिलो सर्किट ब्रेक लागेको थियो । त्यस पछि ११ बजेर २७ मिनेटमा सुचारु भएको बजार २ मिनेट मै थप १ प्रतिशतले बढेपछि ११ बजेर २९ मिनेटमा दोस्रो सर्किट ब्रेक लागेको हो । 

अब बजार ११ बजेर ५९ मिनेटमा सुचारु हुने छ  ।

यो समाचार तयार पार्दासम्म नेप्से ६७.४१  अंकले बढेर १७३४.५२  को उचाईमा पुगेको छ । हाल सम्म बिमा समुहको सूचक ३३५  अंकले बढेको छ भने बैंकिंग समुह ७९ अंकले बढेको छ ।  

सुर्य लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, प्रिमियर इन्स्योरेन्स, सानिमा बैंक , कृषि विकास बैंक, एसियन लाइफ इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक, ज्योति विकास बैंकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved