सेलिंग प्रेसर बढ्दा नेप्सेमा करेक्सन, खरिद गर्नेमा साना लगानीकर्ताको बाहुल्यता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 06, 2017 | 12:34:46 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्सेमा करेक्सन आएको छ । तिब्र उतार चढाव देखिएको बजार ३.५० अंकले करेक्सन भएर १६५७.०२ को बिन्दुमा रोकिएको छ ।  

केहि दिन अघि तुलनात्मक रुपमा सस्तोमा बीमा कम्पनीको सेयर उठाउनेहरुले छोटो समयमै नाफा बुक गर्न खोजेपछि बढेको सेलिंग प्रेसरले नेप्से केहि करेक्सन भएर बन्द भएको छ। खरिद कर्तामा धेरै जसो खुद्रा लगानीकर्ता रहेको बुझिएको छ । 

मंगलबार कारोबारमा आएका १४४ कम्पनीका २७  लाख १७  हजार सेयर खरिद बिक्रि मार्फत १ अर्ब ६३ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। जसमा सबै भन्दा बढी कारोबार हुनेमा बाणिज्य बैंक र इन्स्योरेन्स नै अग्रस्थानमा रहेका छन। 

आजको कारोबारमा चैत २९ लाई बुक क्लोज गरेको नेपाल बैंकको मात्रै १२  करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल कमर्श बैंक, गुराँस लाईफ इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, प्रभु बैंक , प्राइम लाइफ इन्स्योरेन्स, संन राइज बैंक रहेका छन।  

सर्बाधिक कमाउनेहरु ।

सर्बाधिक गुमाउनेहरू 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved