सानिमा बैंकको हकप्रद बैशाख १७ देखि, कहाँ दिने आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 07, 2017 | 08:55:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले बैशाख १७ गतेदेखि हकप्रद बिक्रि गर्ने भएको छ। बैंकले १०:३ को अनुपातमा अर्थात् हाल कायमचुक्ता पुंजी बराबरको हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले प्रति कित्ता १०० रुपियाँ पर्ने गरी १  करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्काशन प्रयोजनको लागि बैंकले शेयरधनी दर्ता पुस्तिका चैत्र १८ गते बन्द गरेको थियो । चैत्र १७ सम्म कायम शेयरधनीले मात्र हक्प्रद्को लागि आवेदन दिन सक्नेछन्  ।  लगानीकर्ताले जेठ २१ गतेसम्म आवेदन दिन सक्ने छन्  । हकप्रद निष्काशनका लागि सिबिआईएल क्यापिटल लिमिटेड बिक्री प्रबन्धक नियुक्त भई सकेको छ । 

इच्छुक लगानीकर्ताले सिबिआईएल क्यापिटल लिमिटेडको कार्यालय डिल्लीबजार, सानिमा क्यापिटल नक्साल र सानिमा बैंकको शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् । 

सानिमाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ६२ करोड २५ लाख खुद नाफा कमाएको थियो । बैंकको चुक्ता पुंजी ५ अर्ब ३० करोड रहेकोमा ३० प्रतिशत हकप्रद बिक्रिपछि चुक्तापुंजी ६ अर्ब ९० करोड पुग्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved