एस डेभलपमेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंकमा बिलय हुने प्रस्ताब पारित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 07, 2017 | 09:01:55 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्त्तत: एस डेभलपमेन्ट बैंक एनआईबिएल बैंकमा बिलय हुने भएको छ। शुक्रबार सम्पन्न एस डेभलपमेन्ट बैंकको बिशेष साधारणसभाले संचालक समितिको बिशेष प्रस्ताब पारित गरेसंगै एस डेभलपमेन्ट बैंक एनआइबिएलमा गाभिने निश्चित भएको हो। 

१ अर्ब २० करोड रुपैयाँ चुक्ता पुंजी रहेको एस डेभलपमेन्ट बैंकलाई गाभे पश्चात एनआईबिएल बैंकको चुक्ता पुंजी ९ अर्ब २४ करोड पुगेको छ। एस डेभलपमेन्ट बैंकलाई गाभे पछि एनआईबिएलको निक्षेप १ सय ३४ अर्ब रुपैयाँ तथा कूल कर्जा १ सय ५ अर्ब रहने छ । 

त्यस्तै एस डेभलपमेण्ट बैंकको प्राप्तिपछि एनआइबिएलको संस्थापक सेयर स्वामित्व ६९ तथा सर्वसाधारण तर्फ ३१ प्रतिशत रहने भएको छ। एस डेभलपमेन्ट बैंकलाई एनआइबिएलले ४१ प्रतिशत को अनुपातमा गाभेको हो। अर्थात एसको १०० कित्ता सेयर भएकाले एनआइबिएलको ४१ कित्ता सेयर पाउने छन्।  

हाल इन्भेष्टमेण्ट बैंकको ४७ तथा एस डेभलपमेण्ट बैंकको १२ वटा शाखा छन् । त्यस्तै एनआईबिएलको ८४ वटा ए.टि.एम. तथा एस डेभलपमेण्ट बैंकको १२ वटा एटिएम छ । एस डेभलपमेण्ट बैकको प्राप्तिपछि पनि एनआईबिएलको हालकै संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने जनाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved