विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौट खेलमा पोर्चुगल र स्वीट्जरल्याण्ड विजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2017 | 06:13:33 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी  /विश्वकप फुटबल २०१८ को छनौट खेलमा युरोपियन च्याम्पियन पोर्चुगल र स्वीट्जरल्याण्ड विजयी भएका छन् । पोर्चुगलले हंगेरीलाई  १–० ले हराउदै विजयी भयो भने स्वीट्जरल्याण्डले लात्भियालाई ३–० ले हराउदै विजयी भएको हो । 

युरोपियन क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएका खेलमा पोर्चुगल र स्वीट्जरल्याण्ड विजयी भएका हुन । 


पोर्चुगलसंगको खेलमा ३० औं मिनेटमा प्रिस्कीन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि हंगेरी १० खेलाडीमा सीमित भयो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुमा नै पोर्चुगलले गोल गर्‍यो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितमा ४८ औं मिनेटमा भ्यालेन्टे सिल्भाले गरेको गोल नै निर्णायक बन्यो । 

यस्तै आइतबार राति नै भएको खेलमा स्वीट्जरल्याण्डले लात्भियालाई ३–० ले हरायो । स्वीट्जरल्याण्डलाई जिताउन हारिस सेफेरोविक, ब्लेरिम डिजेमाइली र रिकार्डो रोड्रिग्वेजले गोल गरे । जिपछि ८ खेलबाट २४ अंकसहित स्वीट्जरल्याण्ड समूहको शीर्ष स्थानमा छ । पोर्चुगल २१ अंकसहित दोस्रो स्थानमा छ । समूह ‘बी’ अन्तर्गत राति नै भएको खेलमा फारोइ आइल्याण्डले एन्डोरालाई १–० ले हरायो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved