एसियन कप छनौट : ताजकिस्तानसँग नेपाल पराजित, छनौट हुने सम्भावना न्यून

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2017 | 03:00:48 PM मा प्रकाशित

laxmi  sunrise bank

 एएफसी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल पराजित भएको छ।  ताजकिस्तानले नेपाललाई  २-१ को गोल अन्तरले पराजित गरेको हो  । 

नेपाल रहेको समूह ‘एफ’ को शीर्ष स्थानमा ६ अंक सहित फिलिपिन्स छ भने दोस्रो स्थानमा रहेको यमनको ४ अंक छ । जित संगै ताजकिस्तान ३ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । नेपाल भने ३ खेलबाट १ अंक सहित पुछारमा छ । 

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो। खेलको २५औं मिनेटमा ताजिकिस्तानले गोलको अग्रता बनाएको थियो। उसका लागि उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गरे। पहिलो गोल गरेको पाँच मिनेटपछि नै ताजिकिस्तानले अर्को गोल थप्यो।

दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको नेपालले खेलको ६०औं मिनेटमा १ गोल फर्कायो। नेपालका लागि बिमल घर्तिमगरले गोल गरेपनि हार भने टार्न सकेनन। 

हार संगै नेपालको छनौट सम्भावना भने न्यून बनेको छ 

नेपालले यस अघि फिलिपिन्ससँग ४–१ को पराजय बेहोरेको थियो भने यमनविरुद्ध गोलरहित बराबरी खेलेको थियो। यस अघि दुवै खेल हारेको ताजकिस्तानको यो पहिलो जित हो । समूहका शीर्ष दुई टोलीले अर्को वर्ष युएइमा हुने प्रतियोगिता खेल्ने अवसर पाउनेछन् । आज नै फिलिपिन्सले आफ्नो घरेलु मैदानमा यमनसंग खेल्ने छ  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved