विश्वकप फुटबल २०१८ का लागि दक्षिण कोरिया र साउदी अरेबिया छनौटमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 06, 2017 | 04:17:53 AM मा प्रकाशित

laxmi  sunrise bank


एजेन्सी । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि दक्षिण कोरिया र साउदी अरेबिया छनौट भएका छन् । एसिया क्षेत्रको छनौट अन्तर्गत मंगलबार राति भएका खेलमा जित निकाल्दै दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका छन् ।

एसिया क्षेत्रको छनौट अन्तर्गत समूह एमा रहेको दक्षिण कोरियाल उज्वेकिस्तानसँग गोलरहित बराबरीमा रोकिए पनि १० खेलबाट १५ अंकसहित दक्षिण कोरिया विश्वकपका लागि छनौट भएको हो । समूह ‘बी’ मा रहेको साउदी अरेबियाले जापानलाई १–० ले हराएर विश्वकपमा स्थान पक्का गरेको हो ।

योसँगै एसियाबाट सिधै छनौट हुने चार टिमको टुंगो लागेको छ । यसअघि इरान र जापानले विश्वकपमा स्थान बनाइसकेका थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved