एभरेष्ट प्रिमियर लिगका टिम मालिक र कप्तान सार्वजनिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2017 | 06:04:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको क्रिकेट इतिहासमै सर्वाधिक ठुलो राशी मानिएको एभरेष्ट प्रिमियर लिग, इपिएलको दोस्रो संस्करणमा सहभागि टोलि र मार्की खेलाडीहरु सार्वजनिक गरिएको छ। 

आयोजक इपिएल प्राइभेट लिमिटेडले राजधानीमा एक कार्यक्रमको आयोजना गरी दोस्रो संस्करणमा सहभागी टोली र मार्की खेलाडीहरु सार्वजनिक गरेको हो। अघिल्लो महिना आयोजकले लोगो सार्वजनिक गरेको थियो। 

सहभागी टोलि मध्ये ललितपुर प्याट्रियोट्सका मालिक किशोर महर्जन,काठमाडौं किंग्स इलेभेनका मालिक रोहित गुप्ता, विराटनगर वारियर्सका मालिक विशाल अग्रवाल, पोखरा राइनाेजका मालिक साहिल अग्रवाल,भैरहवा लिजेण्ड्सका मालिक आदित्य सांघाइ र चितवन टाइगर्सका मालिक किशोर भट्टराई छन।  

त्यसैगरी टोलीका मार्की खेलाडीमा काठमाडौं किंग्स एलेभेनमा सोमपाल कामी, ललितपुर प्याट्रियोट्समा ज्ञानेन्द्र मल्ल, भैरहवा लिजेण्ड्समा शरद भेस्वाकर, विराटनगर वारियर्समा पारस खड्का, पोखरा राइनाेजमा शक्ति गौचन तथा चितवन टाइगर्समा दीपेन्द्र एेरी रहेका छन्।

प्रतियोगितामा नेपालका प्रमुख ६ शहरका ६ टिमको सहभागिता रहनेछ। यस पटक काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, बीरगन्ज र पोखराको सहभागिता छ। 


आगामी डिसेम्बरबाट सुरु हुने प्रतियोगितामा सहभागी प्रत्येक टिमले एक अर्कासंग एक एक खेल खेल्नेछन। शिर्ष चार टोलि प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ।

प्रतियोगिताका लागि खेलाडीहरु लिलाम मार्फत छनौट हुनेछन। लिलाममा ए, बि र सी समूहका खेलाडी रहने छन्। एक टिममा १५ खेलाडी रहनेछन् । १० खेलाडी लिलामबाट, तीन विदेशी र एक जना ट्यालेन्ट हन्ट बाट छनौट गरिनेछ । टिममा तीन विदेशी खेलाडी अनिवार्य गर्नुपर्ने हुन्छ । यस्तै एक जना मार्केट प्लेयर पनि राख्न पाउने छ । नेपालको इतिहासमै सर्वाधिक पुरष्कार राशि मानिएको यस लिगमा बिजेताले २१ लाख प्राप्त गर्ने छन् ।


ईपिएल र एपीवानबीच ३ करोडको ब्रोडकास्टिङ सम्झौता


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved