स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा बार्सिलोनाको जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 10, 2017 | 04:18:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा बार्सिलोनाले विजयी यात्रा सुरु गरेको छ ।  लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले  शनिबार राती भएको खेलमा स्पानियोललाई ५–० ले हराउन सफल भयो ।   खेलमा बार्सिलोनाले बार्सिलोनाको जितमा मेस्सीले २६, ३५ र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले बार्सिलोनाबाट गरेको यो ३८ औं ह्याट्रिक हो । यस्तै ८७ औं मिनेटमा जेराड पिके तथा ९० औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले ५–० को शानदार जित दर्ता गर्‍यो ।

यो खेलमा उस्मान डेम्बेलेले बार्सिलोनाबाट डेब्यु गरेका थिए । उनी ६८ औं मिनेटम सबस्टिच्युडको रुपमा मैदान छिरेका हुन् । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३ खेलबाट ९ अंक भएको छ । राति नै भएको खेलमा लेभान्टेसँग १–१ को बराबरीमा रोकिएको रियल मड्रिड तीन खेलबाट पाँच अंकसहित छैटौं स्थानमा छ । राति भएका अरु खेलमा सेभिल्लाले एइबरलाई ३–० ले हरायो भने भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved