क्रिकेटका दिपेन्द्र, फुटबलका अनन्तलाई पछि पार्दै मनिता बनिन वर्षको उत्कृष्ट युवा खेलाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 11, 2017 | 02:17:31 PM मा प्रकाशित

laxmi  sunrise bank

पल्सर स्पोर्ट्स अवार्डमा मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएकी छन् । सोमबार भएको अवार्ड वितरण समारोह जुडोकी मनिताले उक्त अवार्ड जितेकी हुन्  ।  

  मनिताले क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीलाई पछि पार्दै उक्त अवार्ड हात पारेकी हुन् ।

मिनिताले कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कांस्यपदक जितेकी थिइन् ।

उनले सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका मेमोरियल च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा स्वर्ण जितेकी थिइन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved