इंग्लिस प्रिमियर लिगमा वेष्ट ह्याम्पको पहिलो जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 12, 2017 | 06:01:53 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलको यो संस्करणमा वेष्ट ह्याम्पले हडर्सफिल्डलाई २–० ले पराजित  गरेका छन । यस संस्करणमा वेष्ट ह्याम्पको यो पहिलो जीत हो । फुटबल लिग अन्तर्गत सोमबार राति भएको खेलमा घरेलु मैदानम भएको खेलमा वेष्ट ह्यामले हडर्सफिल्डलाई हराएको हो ।

यहि सिजन प्रिमियर लिगमा बढुवा भएको हडर्सफिल्डले लिगमा पहिलो हार व्यहोरेको छ । वेष्ट ह्यामको जितमा पेट्रो ओबियाङ र आन्ड्रे आयुले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा वेष्ट ह्यामले दुवै गोल ७० मिनेटपछि ग¥यो । ७२ औं मिनेटमा ओबियाङले गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाए ।

त्यसको पाँच मिनेटपछि आयुले गोल गर्दै वेष्ट ह्यामलाई २–० को जित दिलाए । पहिलो जितपछि वेष्टह्यामले तीन अंक जोडेको छ । पराजित भएको हडर्सफिल्ड सात अंकसहित छैटौं स्थानमा छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved