यु १९ इस्टन रिजन छनौट: नेपालले पायो ५१ रनको लक्ष्य, दिपेन्द्रले लिए ५ विकेट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2017 | 07:06:49 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारी एसीसी यु१९ इस्टन रिजन  छनौट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जितको लागि ५१ रनको लक्ष्य पाएको छ 

  पहिले टस जितेर ब्याटिंग गरेको भुटानले २८ ओभरमा अल आउट हुदै ५० रन मात्र जोड्न सक्यो । 

भुटानलाई सस्तैमा समेट्न कप्तान दिपेन्द्र सिंह ऐरीले ५ , सन्दिप लामिछानेले ४ र नन्दन यादवले १ विकेट लिए । 

आफ्नो पहिलो खेलमा नेपालले अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको बलिङको मदतमा थाइल्याण्डलाई २५५ रनले हराउन सफल भएको थियो।

 समूह चरणको अन्तिम खेलमा नेपालले सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved