यु १९ इस्टन रिजन छनौट: नेपाल सेमिफाइनलमा प्रवेश, भुटान ९ विकेटले पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2017 | 07:54:59 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारी एसीसी यु १९ इस्टन रिजन  छनौट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा पनि नेपाल बिजयी भएको छ  । नेपालले भुटानलाई ९ विकेटले पराजित गर्दै १ खेल बाँकी रहदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो  । 

भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर ८.३ ओभरमा भेट्टायो  । नेपालको लागि आशिफ शेखले नट आउट २३, सन्दिप सुनारले २१ तथा अनिल कुमार शाहले ४ रन जोडे  । 

 यस अघि  पहिले टस जितेर ब्याटिंग गरेको भुटानले २८ ओभरमा अल आउट हुदै ५० रन मात्र जोडेको थियो । 

भुटानलाई सस्तैमा समेट्न कप्तान दिपेन्द्र सिंह ऐरीले ५ , सन्दिप लामिछानेले ४ र नन्दन यादवले १ विकेट लिए । 

आफ्नो पहिलो खेलमा नेपालले अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको बलिङको मदतमा थाइल्याण्डलाई २५५ रनले हराउन सफल भएको थियो। 

यस समूहबाट नेपाल संगै सिंगापुर पनि एक खेल बाँकी रहदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब भोली सेप्टेम्बर १४ तारिखमा हुने नेपाल र सिंगापुरबिचको खेलले समूह बिजेता तय गर्ने छ । 

 समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved