यु-१८ साफ फुटबलका लागि ७४ खेलाडी मध्ये २३ जना नेपाली खेलाडी छनौटमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2017 | 04:23:44 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।  आउँदो सोमबारदेखि भुटानमा हुने  १८ वर्षमुनिको साफ फुटबल प्रतियोगिता हुदै छ । उक्त प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । 

प्रतियोगिताका लागि मंगलबार २३ सदस्यीय टोली छनौट गरिएको हो । १८ वर्षमुनिको ललित मेमोरियल फुटबल प्रतियोगिता साथै प्रशिक्षकको सिफारिसका आधारमा ७४ जना खेलाडीबाट अन्तिम २३ जना खेलाडी छनौट गरिएको हो । 

गोलकिपरमा सन्देश गुरुङ, अभिशेक बराल र अर्पण कार्की, डिफेन्डरमा सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बु, आकाश श्रेष्ठ, असिम भुषाल, विकास खवास, निराजन महर्जन तथा राजन गुरुङ छानिएका छन् । 

यस्तै, मिडफिल्डमा दिनेश हेन्जन, अशोक मगर, अभिशेक रिजाल, अरिक बिष्ट, अनिल महर्जन, सेसेहाङ आङ्देम्बे, राजिव लोप्चन र राम ओजे छानिएका छन् । यसैगरी फरवार्डमा धिरज श्रेष्ठ, रेजिन सुब्जा, प्रिजेन तामाङ र दिपेश आले मगर छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved