नेपालद्धारा सिङगापुर ७ विकेटले पराजित, समुह विजेता बन्दै नेपाल सेमिफाइनलमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2017 | 10:18:52 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारी एसीसी यु१९ इस्टन रिजन  छनौट प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसिया स्थित क्लव अमान मैदानमा भएको खेलमा सिंगापुरलाई सात विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो। 

नेपालले सिंगापुरले दिएको ६८ रनको लक्ष्य मात्र १३ ओभर चार बलमामा पुरा गर्दै जीत हासिल गरेको हो। नेपालले मात्र तीन विकेटको क्षतिमा सिंगापुरले दिएको लक्ष्य पुरा गरेको हो। नेपालका लागि अनिलकुमार शाह १८ , सन्दिप सुनारले २० तथा सुमित महर्जनले अविजित १० रनको योगदान गरे। 

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुर २८ ओभर ३ बलमा मात्र ६७ रनमा अलआउट भयो। नेपालको कसिलो बलर सामु टिक्न नसक्दा सिंगापुर ६७ रनमै समेटिन पुग्यो। सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंकले रन जोडे। सिंगापुरका लागि आर्यमान सुनिलले २० रनको योगदान गरे । बलिङ तर्फ पवन सर्राफले आठ ओभरमा चार मेडेन राख्दै १२ रन खर्चिएर ६ विकेट लिए । यस्तै किशोरले दुई विकेट हात पारे। सेमिफाइनलमा नेपालले समुह बी को उपविजेतासंग खेल्नेछ ।


 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved