यु १९ बिश्वकप नजिक नेपाली टोली, फाइनल प्रवेशका लागि मलेसियासँग खेल्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2017 | 11:23:10 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारी एसीसी यु १९ इस्टन रिजन  छनौट प्रतियोगितामा समुह चरणको आफ्नो सबै खेलमा जित हासिल गरेको नेपाल बिश्व कप नजिक पुगेको छ ।  नेपालले भुटानलाई ९ विकेटले पराजित गर्दै १ खेल बाँकी रहदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो  । 

आज सिंगापुरलाई सात विकेटले पराजित गर्दै नेपालले समुह बिजेताको रुपमा सेमिफाइनल यात्रा तय गरेको हो। 

नेपालले सिंगापुरले दिएको ६८ रनको लक्ष्य मात्र १३ ओभर चार बलमामा पुरा गर्दै जीत हासिल गरेको हो। नेपालले मात्र तीन विकेटको क्षतिमा सिंगापुरले दिएको लक्ष्य पुरा गरेको हो। नेपालका लागि अनिलकुमार शाह १८ , सन्दिप सुनारले २० तथा सुमित महर्जनले अविजित १० रनको योगदान गरे। 

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुर २८ ओभर ३ बलमा मात्र ६७ रनमा अलआउट भयो। नेपालको कसिलो बलर सामु टिक्न नसक्दा सिंगापुर ६७ रनमै समेटिन पुग्यो। सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंकले रन जोडे। सिंगापुरका लागि आर्यमान सुनिलले २० रनको योगदान गरे । बलिङ तर्फ पवन सर्राफले आठ ओभरमा चार मेडेन राख्दै १२ रन खर्चिएर ६ विकेट लिए । यस्तै किशोरले दुई विकेट हात पारे।

समूह एबाट नेपाल संगै सिंगापुर र समूह बि बाट हंगकंग र मलेशिया सेमिफाइनलमा प्रवेश गरेका छन् । 

अब नेपालले फाइनल प्रवेशका लागि मलेशियासंग प्रतिष्पर्धा गर्ने छ । मलेशिया समूह बि को उप बिजेता हो । मलेशियाले समूह चरणमा म्यान्मार र चीनलाई पराजित गरेको थियो भने हंगकंगसँग पराजित भएको थियो । 

अर्को सेमिफाइनलमा सिंगापुर र हंगकंग भिड्ने छन् । सिंगापुर समुह ए को उप बिजेता हो भने हंगकंग समूह बि को बिजेता हो । 

सेमिफाइनलका खेल हरु आगामी शनिवार हुने छ भने फाइनल आइतबार हुनेछ ।  फाइनलमा पुग्ने दुई टोली यु १९ एसिया कपको लागि छनोट हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved