एन्फाका महासचिवसहित तीन जनालाई निष्काशनको सिफारिस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2017 | 04:26:10 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । एन्फाका कर्मकारीको लापरबाहीका कारण  थ्रीस्टार क्लवले एएफसीकप छनौटको खेल खेल्न नपाएको विषयलाई लिएर तीन जना कर्मचारीलाई निष्काशनको लागि सिफारिस गरिएको छ । उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा बनाइएको तीन सदस्यीय समितिले फिफा र एएफसीका इमेल चेक गर्ने मुख्य जिम्मेवारी लिएका महासचिव धिरेन्द्र प्रधान, कर्मचारी प्रमुख गोकुल थापा र बसन्त रिजालकै गल्तीका कारण थ्रीस्टारले प्रतियोगिता गुमाएको र एन्फालाई घाटा लागेको भन्दै उनीहरुलाई १५ दिन निष्काशन गर्न सिफारिस गरेको हो । 

एन्फाको लापरवाहीका कारण प्रतियोगिता गुमाउनुपरेको भन्दै थ्री स्टार क्लवले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको थियो । तर डेढ करोडमा सहमति भएको थियो । एन्फाका अध्यक्ष श्रेष्ठले पनि समितिले दिएको सिफारिसका आधारमा गल्ती गर्नेलाई कारबाही गर्न आफू तयार भएको बताए । त्यस्तै थ्रीस्टारलाई एकै किस्तामा डेढ करोड रुपैयाँ दिन नसकिने र किस्ता किस्ता गरेर रकम दिइने पनि उनले बताए ।

एन्फाका जिम्मेवार कर्मचारीको गैरजिम्मेवार कामका कारण थ्रीस्टारले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएको र डेढ करोड रुपैयाँ घाटा लागेको भन्दै केही कर्मचारीले दोषीलाई कारबाहीको माग गरेपछि २०७३ सालको मंसिरमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved