भीमनारायण अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल आज बिर्तामोडले डिभाइन ब्वाइज सँग प्रतिस्पर्धा गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 16, 2017 | 04:49:38 AM मा प्रकाशित

laxmi  sunrise bank

धनकुटा ।  सहिद भीमनारायण अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको १३ औं संस्करणमा बिर्तामोड युनाइटेड क्लब झापाले फाइनल यात्रा गरेको छ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शुक्रबार भएको  सेमिफाइनलमा बिर्तामोड युनाइटेडले  डिफेन्डिङ च्याम्पियन फ्यान्स क्लब बिआरसी भूटानलाई ४–० ले हरायो।  अब बिर्तामोडले शनिबार हुने फाइनलमा डिभाइन ब्वाइज युनियन क्लब काठमाडौसँग प्रतिस्पर्धा गर्नेछ। 

डिभाइन ब्वाइज युनियन क्लब काठमाडौ बिहीबार नै बेलबारी फुटबल क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ। निकै प्रतिस्पर्धात्मक रहेको शुक्रबारको दोस्रो सेमिफाइनल खेलको पहिलो हाफको २० औं मिनेटमा बिर्तामोड युनाइटेड झापाका थमिर विक्सन कन्दङ्वाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved