मलेसिया १२१ रनमा समेटियो, जित निकाल्ने लक्ष्य सहित नेपाल जवाफी ब्याटिङमा (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2017 | 08:39:14 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसिया जारी एसीसी यु १९ इस्टन रिजन  छनौट प्रतियोगिता अन्तर्गतको खेलमा फाइनल प्रवेशका लागि नेपाल र मलेसियाबीच खेल भईरहेको छ। मलेसिया स्थित किनरारा ओवल मैदानमा जारी खेलमा नेपालले टस जितेर मलेशियालाई ब्याटिङ गर्न निम्तो दिएको छ। 

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियाबाट १२२ रनको लक्ष्य पाएको छ। नेपालका लागि दिपेन्द्र सिंह ऐरेले सर्वाधिक ५ विकेट लिए। उनले ८ ओभरको क्षतीमा २९ रन दिंदै ५ विकेट लिएका हुन। त्यस्तै पवन सर्राफले २ र रोहित कुमार पौडेल, सबब आलम र सन्दिप लामिछानेले समान १ विकेट लिए। 

नेपालले ६ ओभरको समाप्तिसम्म शुन्य विकेटको क्षतिमा २९ रन जोड्न सफल भएको छ। प्रतियोगितामा अपराजीत रहेको नेपालले मलेसिया बिरुद्द समेत सुखद सुरुवात गरेको छ।     

नेपालले आफ्नो खेलमा थाइल्याण्डलाई दुई सय ५५ रन र भुटानलाई नौ विकेटले पराजित गरेको थियो। त्यस्तै समुह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेट ले पराजित गर्दै समुह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम एसिया कपका लागि छनौट हुने भएकाले मलेसियासँगको खेल जिते नेपाल एसिया कपमा छनौट हुनेछ ।अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेल्दैछन् ।

आज को खेल का लागी अन्तिम ११ यस प्रकार रहेका छन – दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सन्दीप सुनार, अनिल कुमार शाह, पवन शराफ, किशोर महतो, रोहित कुमार पौडेल, आशिफ सेख, प्रनीत थापा मगर, शाहअब आलम र सुमित महर्जन ।


यस अघि:

यु १९ इस्टन रिजन छनौट: नेपालले टस जितेर बलिङ गर्दै (लाइभ)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved