वाट्फोर्डलाई हराउदै म्यान्चेष्टर सिटी शिर्ष स्थानमा उक्लिायो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 04:26:04 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यान्चेष्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ । अवे मैलानमा भएको खेलमा शानदार जित निकाल्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको हे  । सिटीले वाट्फोर्डलाई ६–० ले हराउन सफल सफल भयो ।  

सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै गाब्रियल जिसस, निकोलस ओटामेन्डी र रहिम स्ट्रर्लिङले एक एक गोल गरे । २७ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । ३१ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो तथा ३७ औं मिनेटमा जिससले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता लियो ।

 सिटीले दोस्रो हाफमा थप तीन गोल गर्‍यो । ६३ औं मिनेटमा ओटामेन्डीले गोल गर्दै अग्रता ४–० मा पुर्‍याए । ८१ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । ८९ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा स्ट्रर्लिङले गोल गरेपछि सिटी ६–० ले विजयी भयो ।  जितपछि पाँच खेलबाट १३ अंकसहित सिटी शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड १० अंकसहित दोस्रो स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved