यु १९ एसिया कप छनौट खेलमा हङकङको पाँच विकेट गयो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 07:09:36 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौं । यु १९ एसिया कप छनौट प्रयिोगिताको फाइनलमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि अनिल कुमार साहले २ विकेट र शहाब आलमले ३ विकेट लिएका छन् । 

पहिलो ओभरमै नेपालका लागि अनिल कुमार शाहले हङकङका राग कपुरको विकेट लिएका थिए ।  हङकङका जाथवेशलाई रन आउट गर्दै सुमित महर्जनले नेपालका लागि दोस्रो विकेट दिलाएका थिए । 

त्यस्तै शाहब आलमले हरप्रीत सिंह, कबिर बोधी र वाजिद शाह मोहम्मदको विकेट लिँदै हङकङमाथि दबाब बनाएका छन् । 

मलेसियाको किन्ररा ओभल मैदानमा भैरहेको खेलमा १७ ओभरको समाप्तीमा हङकङले ५ विकेट गुमाई ५२ रन बनाएको छ । आजको विजेता छनोटको उपाधिसँगै मलेसियामै हुने एसिया कपका लागि छनौट हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved