इपीएल फुटबल खेलका एभर्टनलाई हराउदै म्यानचेष्टरको जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2017 | 04:38:12 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई हराउदै

विजयी हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेष्टरले एभर्टनलाई ४–० ले हराउन सफल भएका हो ।  

युनाइटेडको जितमा एन्टोनियो भ्यालेन्सिया, हेनरिक एमखिर्तयान, रामेलु लुकाकु र एन्थोनी मार्सलले गोल गरे । 

चौथो मिनेटमा नै भ्यालेन्सियाले गोल गर्दै जोसे मोरिन्होको टिम युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको युनाइटेडले थप तीन गोल अन्तिमको सात मिनेट र इन्जुरी समयमा गर्‍यो । ८३ औं मिनेटमा एमखिर्तयानले गोलगरे । ८९ औं मिनेटमा लुकाकुले गोल गरेपछि युनाइटेडले ३–० को अग्रता लिएका हुन् । 

इन्जुरी समयमा पाएको पेनाल्टी अवसरमा मार्सलले गोल गरेपछि युनाइटेड ४–० ले विजयी भयो । जितपछि युनाइटेडको ५ खेलबाट १३ अंक भएको छ ।

 समान १३ अंक नै भएपनि म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ भने युनाइटेड दोस्रो स्थानमा छ । पाँच खेलबाट चार अंक जोडेको एभर्टन भने १८ औं स्थानमा झरेको छ । एजेन्सी 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved