पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई पछाडि पार्र्दै भारतको विजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2017 | 04:54:35 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं २ असोज । पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हराउदै   भारत जियी भएको छ । अष्ट्रेलियासँग भारत २६ रनले विजयी भएको हो । खेल जारी भइरहदा पानी परेपछि डकवर्थ लुइस पद्दती अनुसार २१ ओभरमा १ सय ६४ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । 

ग्लेन मेक्सवेलले ३९ र डेभिड वार्नरले २५ रन बनाउनुबाहेक अष्ट्रेलियाका कुनै ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

भारतका युजबेन्द्र चाहलले ३ विकेट लिए । चेन्नेइमा पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । भारतका हार्दिक पाण्ड्याले ८३ र महेन्द्रसिंह धोनीले ७९ रन बनाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved