बार्सिलोनाका लुइस स्वारेजले गोल नै गिरोनालाई घातक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2017 | 04:24:08 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी ।  स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले गिरोनालाई  ३–० ले हराउन सफल भएको छ । बार्सिलोनाको यो लगातार छैटौं जित हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस स्वारेजले गोल गरे । ला लिगामा उनको यो एक सयौं खेल हो र सयौं खेलमा उनले गोल गरे । दुई गोल भने बार्सिलोनाले उपहारको रुपमा पायो । १७ औं मिनेटमा गिरोनाका एडे बेनिटेजले आत्मघाती गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ४८ औं मिनेटमा पनि गिरोनाले आफ्नै पोस्टमा गोल गर्‍यो । गोर्का इराइजाजले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता २–० मा पुग्यो । ६९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ । समान खेलबाट ११ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved