सिटीका लागि डेल्फको गोल नै बन्यो निर्णायक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2017 | 06:00:49 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी ।  इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिडर म्यानचेस्टर सिटीले विजयी हात पार्न सफल भएको छ । म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ५–० ले हराएको हो । सिटीको जितमा रहिम स्ट्रर्लिङले दुई तथा लिरोय साने, सर्जियो अग्यु्रो र फाबियन डेल्फले एक एक गोल गरे । ४४ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाएका हुन् । दोस्रो हाफमा सिटीले थप चार गोल गर्‍यो । ५१ र ५९ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेपछि सिटीको अग्रता ३–० मा पुग्यो । ७९ औं मिनेटमा अग्युरो र ८९ औं मिनेटमा डेल्फले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६ खेलबाट १६ अंक भएको छ । समान १६ अंक भएको म्यानचेस्टर युनाइटेड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । राति नै भएको खेलमा वाट्फोर्डले स्वान्सी सिटी तथा एभर्टनले बोर्नमाउथलाई समान २–१ ले हरायो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved