यु १८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 27, 2017 | 06:56:33 PM मा प्रकाशित

laxmi  sunrise bank

भुटानमा जारी यु १८ च्याम्पियनसिपमा नेपालले भारतलाई दुई शुन्यले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको छ। बुधबार भएको अन्तिम खेलमा चीर प्रतिद्वन्द्वी भारतलाई २–० ले हराउँदै नेपाल उपाधि जित्न सफल भएको हो ।

नेपालका दिनेश हेन्जनको उत्कृष्ट प्रदशनले नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो। हेन्जनले खेलको दोस्रो मिनेट र ३६ औं मिनेटमा गरि दुई गोल गरे। नेपालका गोल रक्षक अर्पण कार्कीले पनि भारतीय खेलाडीले गरेको केही प्रहारलाई उत्कृष्ट बचाउ गरे। जसकारण नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई दुई शुन्यको अन्तरले पराजित गर्न सफल भयो।

अण्डर–१८ साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, भुटान र माल्दिभ्सको सहभागिता थियो । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिता शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने नियमका आधारमा नेपालले उपाधि जितेको हो । जारि खेलमा नेपालले आफ्नो पहिलो खेलमा भुटानसंग हार बेहोरेको थियो। 

सुरुको खेलमा भुटानसँग १–० ले पराजित भएको नेपालले गत सोमबार बंगलादेशलाई २–१ ले हराएको थियो भने शुक्रबार माल्दिभ्सलाई २–० गोलले हराएको थियो ।

भारतसँगको निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरी साविक विजेता (यू–१९ प्रतियोगितालाई यू–१८ को रूपमा परिमार्जन गरेकोले साविक विजेता भनिएको हो) नेपालले उपाधि रक्षा गर्न सफल भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved