ताजिकिस्तान बिरुद्दको खेलका लागि नेपाली टोलिको घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2017 | 03:45:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

यही असोज २४ गते ताजिकिस्तानमा हुने उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोलीको आज घोषणा गर्नुभयो । छनोट हुने टोलीको गोलरक्षकमा एलन न्यौपाने, बिकेश कुथू र किरणकुमार लिम्बू, छन् ।


त्यसैगरी डिफेण्डरमा देवेन्द्र तामाङ, बिराज महर्जन, अनन्त तामाङ, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल र दिनेश राजवंशी छन् ।‘मिडफिल्डर’मा भरत खवास, सुनिल बाल, विशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ छन् भने ‘स्ट्राइकर’मा बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, नवयुग श्रेष्ठ र अञ्जन विष्ट टोलीमा अटाएका छन् ।

गत भदौ २० गते एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपालले घरेलु मैदानमा नै ताजिकिस्तानसँग २–१ गोलअन्तरले पराजय भोगेको थियो ।त्यसैगरी फिलिपिन्सको मनिलामा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो भने काठमाडौँमा भएको दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो। रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved