विश्वकप छनौटमा अमेरिकाको बलियो सम्भावना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2017 | 06:16:19 AM मा प्रकाशित

laxmi  sunrise bank

 विश्वकप छनौट खेलमा शनिबार बिहान भएको खेलमा पानामालाई हराउने अमेरिका विजयी भएको । अमेरिकाले पानामामाथि ४–० को जित निकाल्दै विश्वकपमा छनौट हुने सम्भावना बलियो बनाएको हो ।

अमेरिकाको जितमा जोजी एल्टिडोरले दुई तथा क्रिष्टियन पुलिसिक र बबी वुडले एक एक गोल गरे । आठौँ मिनेटमा पुलिसिकले गोल गर्दै अमेरिकालाई सुुरुवाति अग्रता दिलाए ।
अमेरिकाको ओरलाण्डोमा भएको खेलमा १९ औँ मिनेटमा एल्टिडोरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा एल्टिडोरले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा अमेरिकाले ३–० को अग्रता लियो । ६३ औँ मिनेटमा वुडले गोल गरेपछि अमेरिका ४–० ले विजयी भयो । जितपछि ९ खेलबाट अमेरिकाको १२ अंक भएको छ । अब अमेरिकाले मंगलबार ट्रिनिडाड एण्ड टोबागोसँग खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved