केन्याले नेदरल्यान्ड्सलाई हरायो, बिश्वकप छनौटमा नेपालको यात्रा कठिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2017 | 07:46:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याले नेदरल्यान्ड्स बिरुद्दको खेलमा महत्त्वपूर्ण जित हासिल गरेको छ। केन्याको महत्त्वपूर्ण जितसंगै नेपाललाई शिर्ष चारमा पर्ने सम्भावनामा चुनौती थपिएको छ। 

केन्याले नेदरल्यान्ड्स बिरुद्द २ विकेटको महत्त्वपूर्ण जित हात पार्दै १२ अंकको साथमा समूह तालिकामा चौथो स्थानमा पर्न सफल भएको छ। २२५ रनको लक्ष्य पाएको केन्याले अन्तिम ओभरमा ३ बल बाँकी छदा ८ विकेट गुमाएर भेट्टाएको हो। 

केन्याका लागि डीएम गोन्दरियाले सर्वाधिक ६४ रन जोडे पभाने सीओं ओबुयाले ५६ रनको नट आउट पारि खेलेका छन। डच टिम बिरुद्द शानदार जित हात पार्नका लागि केन्याका लागि यो महत्वपूर्ण जित बनेको छ। 

हार बेहोरेको नेदरल्यान्ड्सले खेलबाट अंक गुमाएपनि आफ्नो स्थान भने यथावत नै राखेको छ। हारका बावजुत पनि नेदरल्यान्ड्स १८ अंक सहित समुह तालिकामा पहिलो स्थानमा छ। 

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरको क्षतिमा ९ विकेट गुमाउंदै मात्र २२४ रन जोड्यो। उसका लागि एसजे माइबर्ग र डब्लू बारेसीले उत्कृष्ट पारि खेले। डब्लू बारेसीले ६९ रन बनाए भने माइबर्ग ५० रनमा आरट भए। 

जितसंगै नेदरल्यान्ड्स समूह तालिकामा १८ अंक सहित शिर्ष स्थानमा छ भने पवुवा न्यूगिनीको १६ अंकको साथमा दोस्रो, १५ अंकको साथमा स्कटल्याण्ड १५ तथा केन्या १२ अंक सहित चौथो स्थानमा छ। 

त्यस्तै १०-१० खेल खेलेका हङकङ र नेपाल क्रमश: ११ अंकको साथमा पाँचौ र ८ अंकको साथमा छैटौं स्थानमा छन। शिर्ष चार स्थानमा रहन नेपाल आगामी चार खेलमा जित्ने पर्ने दबाबमा छ। यस राउण्ड अन्तर्गतको अन्तिम खेल हङकङ र नेपालबीच अर्को सथा अक्टुबर १३ अर्थात असोज २७ र असोज २९ मा मगकगमा हुँदैछ।

बिश्वकप छनौटको लागि नेपालको यात्रा कठिन भएको छ। बिश्व कप छनौटका लागि अब नेपालले बाँकी चार वटै खेल जित्ने पर्ने हुन्छ। १२ खेलबाट केन्याको १२ अंक रहेको छ भने नेपालको १० खेलबाट ८ अंक छ। 

त्यसैले हङकङसँगको दुबै खेल जितेमा नेपालको पनि समान अंक हुनेछ र रन रेटको आधारमा कुनै एक टिम तल माथि हुनेछन। उता केन्याले अब स्कोट्ल्यान्डसँग खेल्न बाँकी छ र नेपालले संयुक्त अरब इमिरेट्ससंग। नेपालले बाँकी चार खेल जितेमा र केन्याको अबको कुनै एक खेलमा हारेमा नेपाल छनोट खेल्नका साथै चार बर्षका लागि एक दिवसीय मान्यता पाउनेछ। तर यदी दुबै टिमले बाँकी सबै खेल जितेमा रन रेटको आधारमा कुनै एक टिम छनोट हुनेछ।    

    



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved