एशियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान नेपालमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2017 | 09:13:59 AM मा प्रकाशित

laxmi  sunrise bank

तस्विर : एन्फा 

एशियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान २ दिने भ्रमणका लागि नेपाल आएका छन् । एएफसीका सदस्य राष्ट्रको नियमित भ्रमणका क्रममा सलमान मंगलबार बिहान नेपाल आएका हुन्  । सलमानलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ,  कार्यकारी अधिकृत इन्द्रमान तुलाधर लगायतले स्वागत गरेका थिए ।

नेपाल बसाइमा उनले एन्फाका पदाधिकारी तथा नेपाली फुटबलका सरोकारवाला निकायसँग छलफल गर्ने छन् ।  नेपाली फुटबलका प्रतिनिधिसँगको भेटवार्ताको क्रममा  एएफसीको तर्फबाट हुनसक्ने सहयोगको घोषणा  हुनसक्ने बताईएको छ ।

भारतमा चलिरहेको यू-१७ विश्वकप फुटबलका लागि भारत आएका उनी नेपाल आएका हुन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved