एसिया कप छनौट : रेफ्रीको 'गलत निर्णय' ले नेपाललाई धक्का (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2017 | 05:17:52 PM मा प्रकाशित

laxmi  sunrise bank

अपडेट: रेफ्रीले सहि निर्णय लिन नसक्दा नेपालले पहिलो गोल खाएको छ। ताजिकिस्तानका खेलाडीले प्रहार गरेको बल अनन्त तामाङले रोक्न जम्प गर्दा उनको हातमा बल लागेकाले रेफ्रीले ताजिकिस्तानलाई पेनाल्टी दिएका हुन। 

सामान्यतया डी बक्स भित्र हुने यस प्रकारको गल्तिका लागि पेनाल्टी दिने गरिदैन। डी बक्स भित्र बललाई बचाउने क्रममा डिफेन्डरले रोक्न खोज्दा हातले छुन गएमा त्यसलाई सामान्य मानिन्छ। हातले बल हानेको अवस्थामा मात्र पेनाल्टी दिने अन्तर्राष्ट्रिय अभ्यास छ। 

ताजिकिस्तानका कप्तानले पेनाल्टीको सदुपयोग गर्दै खेलको २० औ मिनेटमा गोल प्रहार गरेका छन। गोलकिपर किरण कुमार लिम्बुले बल रोक्ने प्रयास गरे पनि असमर्थ बनेका छन।  

यस अघिको अपडेट: 

एसिया कप २०१९ को छनौट अन्तर्गत नेपाल र् ताजिकिस्तानबीचको खेल सुरु भएको छ। नेपाल र ताजिकिस्तानबीचको खेल ताजकिस्तानको घरेलु मैदान हसोर रंगशालामा जारि छ। 

एसिया कपमा छनौट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले आजको खेल जित्दै तीन अंक थपेर स्वदेश फर्किने उद्देश्य रहेको बताएका छन् । 

चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ । सात अंक जोडेको फिलिपिन्स पहिलो र पाँच अंकसहित यमन दोश्रो स्थानमा छन् । एक महिनाअघि एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा भएको खेलमा नेपाललाई हराएको ताजकिस्तान तीन अंकसहित तेश्रो स्थानमा छन् ।

समुहको शीर्ष दुईमा रहने टोली एसिया कप्को लागि छनौट हुनेछ । आज ताजकिस्तानसँगको खेल जित्न नसकेमा नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना सकिने छ । 

आजको खेलपछि नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल्न बाँकी हुन्छ । खेल https://mycujoo.tv/tff?id=4553 मा लाइभ हेर्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved