मेस्सीको उत्कृष्ट प्रदर्शनले विश्वकपमा छानियो अर्जेन्टिना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 11, 2017 | 06:34:40 AM मा प्रकाशित

laxmi  sunrise bank

 विश्वकप फुटबलका लागि  दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान खेलमा इक्वेडरलाई ३–१ ले हराउदै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको छ । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो ।अर्जेन्टिनाको जितमा तीनै गोल मेस्सीले गरे । पहिलो मिनेटमा नै इक्वेडरका इबाराले गोल गरेपछि अर्जेन्टिना पछि परेको थियो । तर ११ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा दुई गोल गरेका मेस्सीले ६२ औं मिनेटमा सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीको ह्याट्रिकले अर्जेन्टिनालाई रुस यात्रा तय गर्न सजिलो बनायो । दक्षिण अमेरिकी क्षेत्रका १० देश मध्ये शीर्ष चारमा हरने टिमले विश्वकपमा सोझै स्थान बनाउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved