विश्वकपका लागि उरुग्वेको यात्रा सुरक्षित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 11, 2017 | 06:42:20 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबलको छनौट खेल अन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलपछि उरुग्वेले रुस यात्रा तय गरेको हो । घरेलु मैदानमा भएको खेलमा उरुग्वेले बोलिभियालाई ४–२ ले हराएको हो । यो खेलमा सबै ६ गोल उरुग्वेले गरेको हो । २४ औं मिनेटमा गास्तोन सिल्भाले आत्मघाती गोल गरेपछि बोलिभियाले अग्रता लियो । तर ३९ औं मिनेटमा मार्टिन कासेरेसले उरुग्वेका लागि बराबरी गोल फर्काए । ४२ औं मिनेटमा एडिसन काभानीले गोल गर्दै अग्रता २–१ मा पुर्‍याए । लुइस स्वारेजले ६० र ७६ औं मिनेटमा गरी दुई गोल गरेपछि उरुग्वेले ४–१ को अग्रता लियो । तर ७९ औं मिनेटमा डिएगो गोडिनले आत्मघाती गोल गरेपछि बोलिभियाको पक्षमा दुई गोल भयो । दुई आत्मघाती गोल र चार गोल पछि ४–२ ले विजयी भएको उरुग्वे ३१ अंकसहित दोस्रो स्थानमा रहँदै रुस विश्वकपका लागि छनौट भएको हो । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved