लाइन नै क्रस नभएको विवादास्पद गोलपछि पनामा पहिलो पटक बिश्वकपमा (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 11, 2017 | 07:48:44 AM मा प्रकाशित

laxmi  sunrise bank

कोस्टा रिकालाई २-१ गोल अन्तरले पराजित गर्दै पनामा रसियामा हुने बिश्वकपको लागि छनौट भएको छ । पनामा पहिलो पटक बिश्वकपको लागि छनौट भएको हो । पनामाको जितले इतिहास मात्र रचेन अमेरिकाको बिश्वकप् यात्रा पनि रोकिदियो ।   कोस्टा रिका पनि बिश्वकपको लागि छनौट भएको छ ।

तर पनामाको यो ऐतिहासिक क्षण विवादास्पद बन्यो । खेलमा कोस्टा रिकाले अग्रता लिएको थियो । र खेलको ५२ औ मिनेटमा पनामाले गोल गर्दै खेल बराबरी गर्यो । तर त्यो बराबरी गोल नै विवादास्पद बनेको हो । खेलको रिप्ले हेर्दा त्यस गोलमा बलले गोल लाइन पार गरेको देखिदैन । 

पनामाले कर्नर किक पाएको थियो । पनामाका स्ट्राइकर ब्लास पेरेजले बललाई गोलको दिशा दिनै लाग्दा बिपक्षी खेलाडीले उनको जर्सी ताने र उनी लड्न पुगे । उनी लडे पछि उनको काँधले बललाई छोयो र बल केहि बेर गोल लाइन नजिकै रोकियो । पछि कोस्टा रिकाका खेलाडीले बललाई बाहिर फ्याकिदिए । 

तर रेफ्रीले लामो विवादपछि आफ्नो असिस्टेन्टसंग सल्लाह गरेर गोललाई मान्यता दिए । यसमा कोस्टा रिकाका खेलाडीले निकै विवाद गरेपनि गोलले मान्यता पायो ।

पनामाले ८७ औ मिनेटमा निर्णायक गोल गर्दै पहिलो पटक बिश्वकप मा छनौट भएर इतिहास रच्यो ।

हेर्नुस पनामाको विवादास्पद गोलको भिडियो ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved