फिफाद्वारा पाकिस्तानी फुटबल संघ निलम्बित, फिफाको कुनै पनि गतिबिधिमा भाग लिन नपाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 11, 2017 | 12:56:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले पाकिस्तान फुटबल संघलाई निलम्बन गरेको छ । फिफा परिषदको बैठकले पाकिस्तानी फुटबल संघमा बाह्य हस्तक्षेप् भएको भन्दै बोर्डलाई आजकै मितिदेखि लागु हुने गरि निलम्बन गरेको हो

पाकिस्तानी फुटबल संघको सबै काम कारबाही अदालतले नियुक्त गरेको प्रशाशक नियन्त्रणमा रहेको भन्दै फिफाले यस्तो निर्णय गरेको जनाएको छ । संघको सबै काम अधिकार र कागजात संघलाई नै फिर्ता भएपछि निलम्बन फुकुवा हुने फिफाले जनाएको छ  ।

निलम्बन अवधि भर पाकिस्तानी बोर्डले फिफाको सदस्यता गुमाउने छ भने संघका पदाधिकारी र खेलाडीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन । निलम्बन अवधि भर संघका पदाधिकारी र खेलाडीले फिफा र एसियाली फुटबल संघको कुनै पनि कार्यक्रममा भाग लिन पाउने छैनन् । अन्य देशले पनि पाकिस्तानसंग कुनै सम्झौता गर्न पाउने छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved