हङकङविरुद्ध खेल्न नेपाल तयार, शरद बिरामी भएपछि टोली दबाबमा, खेल डिसहोममा लाइभ आउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 02:23:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भोली शुक्रबार नेपालले हङकङविरुद्ध उसकै मैदानमा खेल खेल्दै छ । नेपालले हङकङविरुद्ध भोलि शुक्रबार र आइतबार च्याम्पियनसिपको छैठौ चरणको खेल खेल्न लागेको हो  ।  

 सन् २०१९ मा हुने बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्न नेपाललाई हङकङविरुद्धका दुवै खेल जित्नै पर्ने दवाव छ । अंक तालिका नेपाल छैठौं र हङकङ पांचौ स्थानमा छन् ।  

हिजो बिहानमात्र हङकङ पुगेको नेपाली टोलीका खेलाडिहरु अभ्यास सकेर खेल्न तयार भएका छन्  । खेल अघि नेपालका भरपर्दा अलराउन्डर शरद भेषावकर भने अस्वस्थ भएका छन् । उनलाई १०३ डिग्री ज्वरो आएको बताईएको छ । उनले दुवै खेल गुमाउने भएका छन् । अलराउन्डर शरदले खेल्न नसक्ने भएपछि टिम केहि दबाबमा परेको छ  । 

उनको स्थानमा टिममा नरेश बुढायरलाई बोलाइएको नेपाली टोलीका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।   उनी भोलिमात्र हङकङ पुग्ने भएकाले भोलीको खेल खेल्न भ्याउने छैनन् ।

शरद नेखेल्दा ब्याटिंग अर्डरमा केहि परिवर्तन हुने प्रशिक्षक जगत टमाटाले बताएका छन् । शरदको अनुपस्थितिमा कप्तान पारस खड्काले ३ नम्बर ब्याटिंग गर्ने बुझिएको छ ।

यसैबीच दुवै खेलको डिस होमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ  । डिशहोम च्यानल नम्बर १०५ मा  बिहान ७:१५ देखि खेल लाईभ हेर्न सकिने डिस होमले जनाएको छ ।

यस्तो छ नेपाली टोली  ।

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
वसन्त रेग्मी
सोमपाल कामी
सागर पुन
विनोद भण्डारी
करण केसी
सुशील कँडेल
ललित भण्डारी
सुसन भारी
मोहमद आरिफ शेख
दीपेन्द्रसिंह ऐरी
सन्दीप लामिछाने

वैकल्पिक खेलाडी:

जितेन्द्र मुखिया
नरेश बुढाऐर
मेहबुब अलाम
कुशल भुर्तेल 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved