नेपाल र हङकङ विचको खेल जारी, जित्ने पर्ने दबाबमा नेपाल (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 13, 2017 | 06:09:41 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको नेपाल र हङकङबीचको खेल जारि छ। मोङकोङ स्थित तीम थोङ क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ। 

पहिले बलिङ गरेको नेपालले घरेलु टिमको खाता खोल्न नपाउदै पहिलो विकेट लिएको हो।  लगातार तीन ओभर मेडेन राख्दै नेपालका लागि करण केसीले पहिलो विकेट लिए ।

नेपालका लागि  दिपेन्द्र सि‌ह एेरीले हङकङका ब्याट्सम्यान बबर हायातलाई रनआउट गर्दै दोस्रो विकेट दिलाएका छन् । उनले हङकङका ब्याट्सम्यान बबर हायातलाई २९ रनमै पेभेलियन फर्काइदिए ।त्यस्तै सन्दिप लामिछानेले एक विकेट लिएका छन। हङकङले १८ ओभरको पारिमा ३ विकेटको क्षतिमा ७१ रन जोडेको छ।    


नेपालले हङकङविरुद्ध आज शुक्रबार र आइतबार च्याम्पियनसिपको छैठौ चरणको खेल खेल्न लागेको हो । सन् २०१९ मा हुने बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्न नेपाललाई हङकङविरुद्धका दुवै खेल जित्नै पर्ने दवाव छ । अंक तालिका नेपाल छैठौं र हङकङ पांचौ स्थानमा छन् ।  

खेल अघि नेपालका भरपर्दा अलराउन्डर शरद भेषावकर भने अस्वस्थ भएका छन् । उनलाई १०३ डिग्री ज्वरो आएको बताईएको छ । उनले दुवै खेल गुमाउने भएका छन् । अलराउन्डर शरदले खेल्न नसक्ने भएपछि टिम केहि दबाबमा परेको छ  । 

उनको स्थानमा टिममा नरेश बुढायरलाई बोलाइएको नेपाली टोलीका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए । उनी आज मात्र हङकङ पुग्ने भएकाले खेल खेल्न भ्याउने छैनन् ।

शरद नेखेल्दा ब्याटिंग अर्डरमा केहि परिवर्तन हुने प्रशिक्षक जगत टमाटाले बताएका छन् । शरदको अनुपस्थितिमा कप्तान पारस खड्काले ३ नम्बर ब्याटिंग गर्ने बुझिएको छ ।

यसैबीच दुवै खेलको डिस होमले प्रत्यक्ष प्रसारण गरेको छ। डिशहोम च्यानल नम्बर १०५ मा  बिहान ७:१५ देखि खेल लाईभ हेर्न सकिने डिस होमले जनाएको छ ।

यस्तो छ नेपाली टोली  ।

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल

शरद भेषावकर

वसन्त रेग्मी

सोमपाल कामी

सागर पुन

विनोद भण्डारी

करण केसी

सुशील कँडेल

ललित भण्डारी

सुसन भारी

मोहमद आरिफ शेख

दीपेन्द्रसिंह ऐरी

सन्दीप लामिछाने


वैकल्पिक खेलाडी:

जितेन्द्र मुखिया

नरेश बुढाऐर

मेहबुब अलाम

कुशल भुर्तेल 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved