नेपालको छैठौ विकेट गयो: जित कठिन बन्दै, अझै ९९ रन आवश्यक (लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 11:08:45 AM मा प्रकाशित

laxmi  sunrise bank

 बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको नेपाल र हङकङबीचको खेल जारि छ।

ताजा अवस्थामा नेपालले ३०.१ ओभरको खेल सकिंदा ६  विकेटको क्षतिमा ९६ रन जोडेको छ । नेपालका सागर पुन ३ रन बनाएर आउट भएका हुन् भने ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए। त्यस्तै दिपेन्द्र सिंह एरि ३ रनमा, कप्तान पारस खड्का २६ रनमा, सोमपाल कामी ११ रनमा र आरिफ शेख २३ रनमा आउट भए  ।

अहिले क्रिजमा बिनोद भण्डारी र बसन्त रेग्मी छन् । 

टस हारेर पहिले ब्याटिंग अग्रेको हङकङले नेपाललाईई १९५ रनको लक्ष्य दिएको छ । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रन जोडेको हो  ।  

 पहिले बलिङ गरेको नेपालले घरेलु टिमको खाता खोल्न नपाउदै पहिलो विकेट लिएको थियो ।  लगातार तीन ओभर मेडेन राख्दै नेपालका लागि करण केसीले पहिलो विकेट लिएका थिए । दिपेन्द्र सिंह ऐरीले  हङकङका कप्तान बाबर हायतलाई २९ रनमा रन आउट गरेका थिए ।

नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २/२ तथा सुशान भारीले १ विकेट लिए । २ खेलाडी भने रन आउट भएका थिए  । 


सन् २०१९ मा हुने बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्न नेपाललाई हङकङविरुद्धका दुवै खेल जित्नै पर्ने दवाव छ । अंक तालिका नेपाल छैठौं र हङकङ पांचौ स्थानमा छन् ।  

हेर्नुस लाइभ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved