ब्याटिंग चल्न नसक्दा नेपाल हङकङसंग ८३ रनले पराजित, बिश्वकप छनौटमा सहभागी हुन डिभिजन २ को भर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 11:44:51 AM मा प्रकाशित

laxmi  sunrise bank

 बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपाल हङकङसंग ८३ रनले पराजित भएको छ।हङकङले दिएको १९५ रन्को लक्ष्य लिएर मैदान उत्रेको नेपालले ३४.५ ओभर अल आउट हुदै १ सय ११ रन मात्र जोड्न सक्यो ।    नेपालका सागर पुनले  ३ रन , ज्ञानेन्द्र मल्लले २१ रन, दिपेन्द्र सिंह एरिले ३ रन , कप्तान पारस खड्काले २६ रन , सोमपाल कामीले ११ रनमा र आरिफ शेखले २३ रन जोडे  । बसन्त रेग्मी,  करण केसी, सन्दिप लामिछाने,  शुन्य रन मै आउट भए  ।  त्यस्तै बिनोद भण्डारीले १८ रन जोड्दा सुशान भारी  १ रनमा नट आउट रहे। 

१९४ रन डिफेन्स गर्ने क्रममा हंगकंगका एजाज खानले ३ तथा एशान खानले ५  विकेट लिए  ।  

टस हारेर पहिले ब्याटिंग अग्रेको हङकङले नेपाललाईई १९५ रनको लक्ष्य दिएको थियो । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रन जोडेको हो  ।  

 पहिले बलिङ गरेको नेपालले घरेलु टिमको खाता खोल्न नपाउदै पहिलो विकेट लिएको थियो ।  लगातार तीन ओभर मेडेन राख्दै नेपालका लागि करण केसीले पहिलो विकेट लिएका थिए । दिपेन्द्र सिंह ऐरीले  हङकङका कप्तान बाबर हायतलाई २९ रनमा रन आउट गरेका थिए ।

नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २/२ तथा सुशान भारीले १ विकेट लिए । २ खेलाडी भने रन आउट भएका थिए  । 

सन् २०१९ मा हुने बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्न नेपाललाई हङकङविरुद्धका दुवै खेल जित्नै पर्ने दवाव थियो।  अब डिभिजन २ मा शिर्ष २ स्थानमा रहेर बिश्वकप छनौटमा सहभागी हुने नेपालको सम्भावना भने कायमै छ   ।  यस प्रतियोगितामा अन्तिम ४ मा पर्ने टोलीहरुले डिभिजन २ खेल्ने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved